Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सानिमा बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

सानिमा बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था

काठमाडौं, १ असोज । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधीको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x