Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दोस्रो वाषिकोत्सवको अवसरमा मुक्तिनाथ फाउन्डेसनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

दोस्रो वाषिकोत्सवको अवसरमा मुक्तिनाथ फाउन्डेसनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं, ३ असाेज । मुक्तिनाथ फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।त्रिवि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त रक्तदान कार्यक्रममा ३८ पोका रगत संकलन गरेको छ ।

यस अघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व बातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत बृक्षारोण कार्यक्रम गरिसकेको छ ।

संस्थाका संचालक नारायण कुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष  भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

उक्त फाउन्डेशन सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएकाे हाे ।संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x