Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

कर्जाको ब्याजदर निर्धारणमा कडाई

कर्जाको ब्याजदर निर्धारणमा कडाई

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले एकै प्रकृतिका कर्जामा ब्याजदर धेरै फरक भएपछि कर्जाको ब्याजदरमा कडाइ गरेको छ। केन्द्रय बैंकले एकै प्रकृतिको कर्जामा २ प्रतिशतभन्दा धेरै ब्याजदर फरक पार्न नपाइने व्यवस्था गरेका छ।

‘कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाईने छैन,’ राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा भनिएको छ।

त्यस्तै असल कर्जाको प्रोभिजनिङ पनि घटाएको छ। यसअघि केन्द्रीय बैंकले असल कर्जामा समेत १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत प्रोभिजनिक गरे पुग्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *