Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

नबिल बैंक र युरोपियन युनियनबीच दिगो र जलवायु अनुकूल भवन निर्माणमा काम गर्ने सम्झौता

नबिल बैंक र युरोपियन युनियनबीच दिगो र जलवायु अनुकूल भवन निर्माणमा काम गर्ने सम्झौता

काठमाडौं, १९ असाेज । नबिल बैंकले नेपालमा दिगो र जलवायु अनुकूल भवन निर्माणमा काम गर्ने गरी युरोपियन युनियन (ईयू) को सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीन-प्रोजेक्ट) सँग समझदारी गरेको छ ।

बिहीबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र बीन-प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

बीन-प्रोजेक्टसँगको साझेदारीले नवीन वित्तीय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्यांकन गर्न प्राविधिक क्षमता विकास गर्ने तथा दिगो आवास प्रवर्धनका लागि प्राथमिकताका वित्तीय योजनामा पहुँच पुर्‍याउन सहजीकरण गर्नेलगायतका गतिविधिहरू सञ्चालन गरिने बैंकले जनाएको छ ।

कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नविल बैंकले जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र ग्लोबल वार्मिङ न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको बताए । दिगो आवास निर्माणले वातावरणलाई मात्र फाइदा पुर्‍याउने नभई, हाम्रो समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

दिगो आवासको प्रवर्धन र सचेतना अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ नबिल बैंकले ‘सस्टेनेबल हाउसिङ लोन’ स्किम ल्याएको छ । उक्त स्किममा बीन-प्रोजेक्टले प्राविधिक सहयोगका साथै दिगो आवास प्रवर्धन र सचेतना अभिवृद्धिमा सहयोग गरिरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत ढुंगानाले नबिल बैंकले विद्युतीय सवारी साधन फाइनान्सिङ र सस्टेनेबल हाउसिङ लोनको प्रवर्धनमा काम गर्दै आएको बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *