सुनकाे मूल्य प्रतिताेला रू ३०० ले बढ्याे

काठमाडाैं, २३ असाेज। साेमबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुनको मूल्य आजपनि प्रतितोला तिन सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख ८ हजार नाै सय र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार चार सय रुपैयाँ निर्धारण गरिएकाे छ। अघिल्लाे दिन छापावाल सुन प्रतिताेला रू एक लाख ८ हजार छ सय र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार एक सय रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेकाे छ।अघिल्लाे दिन प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ४० रुपैयाँमा निर्धारण गरिएकाे छ।