दिगो विकासको लक्षय हासिल गर्न व्यवसाय–मैत्री नीति आवश्यक : चन्द्र ढकाल

काठमाडौं, २३ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नवप्रवर्तन, लगानी र सहकार्यको माध्यमबाट दिगो विकासलाई अगाडि बढाउन निजी क्षेत्र जोड दिएको बताएका छन् । मंगलबारल महासंघद्धारा आयोजित सातौं दक्षिण र दक्षिण–पश्चिम एशिया उप–क्षेत्रीय मञ्चमा दिगो विकासको लक्ष्य नामक कार्यक्रममा अध्यक्ष ढकालले दिगो विकासको लक्ष्यलाई अगाडि बढाउन सार्वजनिक र निजी क्षेत्रहरू बीचको सहकार्य, साथै अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताए ।
दिगो विकासको लक्षय हासिल गर्न, हामीले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै प्रोत्साहन र नियमहरू बीच सन्तुलन कायम गर्ने व्यवसाय–मैत्री नीतिहरू बनाउनु पर्ने उनको भनाइ थियो ।
यस्तै अध्यक्ष ढकालले आगामी केही दिनहरूमा चुनौती र अवसरहरूको सामूहिक बुझाइ बढाउन, दिगो विकास लक्ष्य कार्यान्वयनलाई गति दिन अर्थपूर्ण छलफलमा संलग्न हुने बताए । उनले भने, ‘क्षेत्रीय सहयोग र साझेदारीको पनि खोजी गर्नेछौं। गरिबी उन्मूलन गर्न र २०३० को एजेन्डालाई वास्तविकता बनाउन सँगै काम गरौं।’
साथै उनले यो फोरम दिगो विकास लक्ष्य, विशेष गरी गरिबी, भोकमरी, जलवायु कार्य, न्याय र साझेदारीको अन्त्य सम्बन्धी लक्ष्यहरू हासिल गर्न महत्त्वपूर्ण कदम रहेको बताए