मिर्मिरे लघुवित्तको एफपिओमा १३ लाख १८ हजार बढीको आवेदन
काठमाडाैं,२९ असाेज। असोज २५ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको मिर्मिरे लघुवित्तको एफपिओमा मागभन्दा धेरै आवेदन परेको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा १३ लाख १८ हजार ६० जनाले १३ करोड १८ लाख ६ हजार कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ३४ हजार ७ सय ५६ कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका एफपीओ निष्कासन गरेको हो ।