Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए, अधिकतम ब्याजदर ११ प्रतिशत

कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए, अधिकतम ब्याजदर ११ प्रतिशत

काठमाडौं, ३० असोज । हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । यी बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । कात्तिकका लागि निर्धारण गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । चार वटा बैंकको कात्तिकको ब्याजदार भने स्थिर छ ।

ब्याजदर स्थिर राख्नेमा लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, माछापुुछ्रे र सिद्धार्थ बैंक छन् । माछापुच्छ्रे र सिद्धार्थ बैंकले असोजमा पनि ब्याजदर स्थिर राखेका थिए । यी चार बैंकले असोजमा व्यक्तिगत मुद्दतीमा ९.९९ प्रतिशत ब्याज दिँदै आएकोमा कात्तिकमा पनि सोही दरमा ब्याज दिने भएका हुन् ।

ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाएका छन् भने एनएमबि र नेपाल एसबिआई बैंकले भने बढाएका छन् ।

कात्तिकमा सबैभन्दा बढी एनएमबि, एनआइसी एशिया र नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती खातामा अधिकतम ११ प्रतिशत ब्याज दिनेछन् । त्यस्तै नेपाल बैंक, सानिमा, प्रभु, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ९.२२ प्रतिशत ब्याज दिनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x