Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

माछापुच्छ्रे बैंकले ल्यायाे पिएसओ कारोबारमा भुक्तानी सूचना प्रविधि

माछापुच्छ्रे बैंकले ल्यायाे पिएसओ कारोबारमा भुक्तानी सूचना प्रविधि

काठमाडाैं,१२ मंसिर ।  माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक POS मेसिनमा Instant Payment Notification प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

नेपालभरका FINPOS ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका FINPOS मर्चेन्टहरुले Card , QR(Fone Pay वा Nepal Pay) र M-Smart NFC मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुने भएकाे छ ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी FINPOS POS राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन  माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ ।

बैंकले नगदरहित बैकिंङ्गलाई बढावा दिदैं पहिलो डिजिटल बचत Smart Bank को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x