७.२९ अंकले घट्यो शेयर बजार, ९६ करोड ४० लाखकाे कारोबार
काठमाडौं, १७ मंसिर । साताको पहिलाे कारोबार दिन आइतबार शेयर बजार ७.२९ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.३९ प्रतिशतले घटेर १८५१.२३ अंकमा समेटिएको छ ।
यस दिन २९३ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १३६ कम्पनीको शेयरमूल्य घटेको छ, ९४ वटाको बढेको छ भने बाँकी १० वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।
आइतबार ३४ लाख १९ हजार ७३ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँकाे कारोबार भएको छ ।