Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच समझाैता ,आकर्षक दरमा ‘अटो लाेन’ पाइने

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच समझाैता ,आकर्षक दरमा ‘अटो लाेन’ पाइने

काठमाडाैं,२२ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित ईनलाइटन मोटर्स प्रा.लि. बीच BYD ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंक र कम्पनी बीचको यो सम्झौतामा BYD ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको हाे ।

यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०५ सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् ।

कर्जाको भुक्तानी समान मासिक किस्तामा हुने र यो योजनामा शर्तहरु लागु हुने जनाइएकाे छ ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x