Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा

काठमाडाैं, २४ मंसिर । सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएकाे छ ।

आइतबार सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले कम्पनीको बिधिवत उदघाटन गरी कम्पनीको टिएमएस सेवा संचालनमा ल्याएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सिबिआईएल सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे ।

साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गरे ।

यो संस्था बैंकको आफ्नै कुपण्डाेल स्थित भवनबाट संचालनमा ल्याइएको छ । उक्त उदघाटन समारोहमा सिटिजन्स बैंकका संचालकहरू , प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायत उक्त सेक्यूरिटिजका संचालकहरु, कम्पनी कर्मचारीहरुको उपस्थिति थियो ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x