सामान्य अंकले बढ्याे नेप्से, ३ अर्ब १५ करोडको कारोबार
काठमाडाैं, २८ मंसिर । साताको पाँचाै कारोबार दिन बिहिबार शेयर बजार ६.५५ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.३२ प्रतिशतले बढेर १९९४.६० अंकमा समेटिएको छ ।
यस दिन ३०० कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये ९१ कम्पनीको शेयरमूल्य घटेको छ, १४० वटाको बढेको छ भने बाँकी १० वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बिहिबार ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँकाे कारोबार भएको छ ।