Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलमा २ वर्षका लागि विशेष छूट

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलमा २ वर्षका लागि विशेष छूट

काठमाडौं, २९ मंसिर । प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छूट समझौता गरेको छ ।

शुक्रबार दुबै पक्षबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा न.पा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिदा हस्पिटलले दिदैं आएको सबै प्रकारको सेवामा १५% छूट पाउने भएका छन् ।

प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण ( Demat Confirmation) तथा आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् ।

प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x