Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेन ट्याक्सबापत करिब १३ अर्ब संकलन

एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेन ट्याक्सबापत करिब १३ अर्ब संकलन

काठमाडौं, १ पुस । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबापत शनिबार साँझ ५ बजेसम्म १२ अर्ब ८१ करोड रुपैयाँ कर संकलन गरेको छ । विभागका महानिर्देशक र्दीर्घराज मैनालीका अनुसार विभाग अन्तर्गतका ठूला करदाता कार्यालय र मध्यम स्तरीय करदाता कार्यालयले उक्त कर तिरेका हुन् ।

ठूला करदाता कार्यालयअन्तर्गतका ४१ करदाताबाट साढे १२ अर्ब रुपैयाँ र मध्यम स्तरीय करदाता कार्यालयले १६ करदाताबाट करिब ३० करोड रुपैयाँ कर संकलन गरेको महानिर्देशक मैनालीले जानकारी दिए ।

कुल कति जम्मा भयो भनेर आज १० बजेसम्म एकिन तथ्यांक आउने उनले जानकारी दिए ।
कानून अनुसार समयमा कर नतिरेकाले अर्बौं रकम शुल्क र जरिवामा तिर्नु पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरु दबाबमा थिए । तर, अदालतले फैसला गरिदिएपछि यी संस्थाहरु कर तिर्न बाध्य भएका हुन् र

महालेखाले लगातार ४ वटा प्रतिवेदनमा कर उठाउनु पर्ने विषय उठाएपछि अर्थमन्त्री प्रकास शरण महतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x