नेपाली शेयर बजारमा हरियो रंगको लहर, ६ अर्ब रुपैयाँकाे कारोबार
काठमाडाैं, २ पुस । कारोबारको दोस्रो दिन पनि शेयर बजार उकालो लागेको छ ।सोमबार शेयर बजार ३८१४ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.८८ प्रतिशतले बढेर २,०६०.४९ अंकमा समेटिएको छ ।
यस दिन २४२ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये ५२ कम्पनीको शेयरमूल्य घटेको छ, १६५ वटाको बढेको छ भने बाँकी ५ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । २ कराेड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँकाे कारोबार भएको छ