जीवन बीमा कम्पनीले गरे मंसिरमा सवा दुई अर्बको व्यवसाय
काठमाडौं, २२ पुस । मंसिरमा जीवन बीमा कम्पनीहरुले दुई अर्ब रुपैयाँ बढीको नयाँ व्यवसाय विस्तार गरेका छन् । हाल सञ्चालनमा भएका १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले मंसिरमा २ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बिमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिकमा जीवन बीमा कम्पनीले कुल एक अर्ब ९० करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका थिए । पछिल्लो एक महिनामा जीवन बिमा कम्पनीले ४५ करोड रुपैयाँ बढीको व्यवसाय विस्तार गरेका हुन्।
मंसिरमा संकलन गरिएको प्रथम जीवन बिमाशुल्कमध्ये १४ जीवन बिमा कम्पनीले दुई अर्ब ३४ करोड ९६ लाख ५८ हजार र तीन लघु जीवन बिमा कम्पनीले ६० लाख ४४ हजार रुपैयाँ बराबर संकलन गरेका हुन् ।
जीवन बीमा कम्पनीले ४५ करोड रुपैयाँ बढीको व्यवसाय विस्तार गरेका हुन् । प्राधिकरणको तथ्यांकअनुसार मंसिरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४७ करोड ५९ लाख ४८ हजार रुपैयाँको प्रथम बीमाशुल्क संकलन गरेको छ।
यस अवधिमा नेसनल लाइफले ३६ करोड ११ लाख ८५ हजार, हिमालयन लाइफले १८ करोड ५० लाख ५ हजार, सूर्यज्योति लाइफले १६ करोड १९ लाख, सानिमा रिलायन्स लाइफले १५ करोड ३४ लाख ३४ हजार र एसियन लाइफले १४ करोड २४ लाख ८७ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन्।
मंसिरमा संकलन भएको प्रथम जीवन बिमाशुल्कमध्ये १४ जीवन बिमा कम्पनीले २ अर्ब ३४ करोड ९६ लाख ५८ हजार र ३ लघु जीवन बिमा कम्पनीले ६० लाख ४४ हजार रुपैयाँ बराबर संकलन गरेका हुन् ।
यस्तै, सिटिजन लाइफले १३ करोड ९८ लाख ७३ हजार, सन नेपाल लाइफले १३ करोड ३० लाख ५३ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले १३ करोड १० लाख ३८ हजार, आइएमई लाइफले १० करोड ४ लाख ८६ हजार, रिलायबल नेपालले १० करोड ८३ हजार, राष्ट्रिय जीवन बिमा कम्पनीले ९ कराड ८९ लाख ६५ हजार, मेट लाइफले ९ करोड ८६ लाख ७५ हजार र प्रभु महालक्ष्मीले ६ करोड ७३ लाख ७९ हजार रुपैयाँको बिमाशुल्क संकलन गरेका छन् ।
मंसिरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४७ करोड ५९ लाख ४८ हजार रुपैयाँको प्रथम बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ।
मंसिरमा क्रेस्ट माइक्रो लाइफले ४१ लाख ६२ हजार, लिबर्टी माइक्रो लाइफले १० लाख ९५ हजार र गार्डियन माइक्रो लाइफले ७ लाख ८६ हजार रुपैयाँका प्रथम बिमाशुल्क आर्जन गरेका छन् । चालू आर्थिक वर्षका मंसिरसम्म (साउनदेखि मंसिरसम्म)मा जीवन बिमा कम्पनीले ६१ अर्ब ७५ करोड ८० लाख ३६ हजार रुपैयाँको कुल बिमाशुल्क संकलन गरेका छन् ।
जीवन बीमा व्यवसाय गर्ने बिमकले मंसिरमा ७३ हजार ३ सय ८५ वैदेशिक रोजगार बिमालेख जारी गरेका छन्। कात्तिकमा ४८ हजार ४ सय २० बिमालेख जारी गरेका थिए।
मंसिरमा सन् नेपाल लाइफले २० हजार ३९७, नेपाल लाइफले १६ हजार २३५, आइएमई लाइफले सात हजार १३१, नेसनल लाइफले ७ हजार ११५, एसिएन लाइफले ६ हजार ७ सय ८८, सानिमा रिलायन्सले ४ हजार ७०३, सुर्यज्याति लाइफले चार हजार ६२७, रिलायबल नेपालले तीन हजार ६९७, सिटिजन लाइफले दुई हजार ६४३ र प्रभु महालक्ष्मीले ४९ बिमालेख जारी गरेका छन्।
चालू आर्थिक वर्षको मंसिरसम्म यी जीवन बिमा कम्पनीले कुल एक अर्ब २० करोड ५६ लाख ४२ हजार रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन्।