Date

शनि, साउन ३, २०८२
Sat, July 19, 2025

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत

काठमाडाैं, २६ पुस । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिउका छन् ।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।सिबिफिन कार्यसमितिको १५औँ बैठकले उनकाे राजिनामा स्वीकृत गरेको छ ।

सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आउनुभएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ ।

निवर्तमान अध्यक्ष गोल्यानको फराकिलो र दुरगामी सोच एवं मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको छ ।

नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा समेत अतुलनीय योगदान रहेको छ । राष्ट्रिय आवश्यकता र आमजनताको अपेक्षाबमोजिम स्वदेशी उत्पाकत्व अभिवृद्धि, उपयोग एवं निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सवल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले अहम् भूमिका समेत निर्वाह गर्दै आएका छन्।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ औ बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैंक तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जाल Global Alloance for Banking on Values को सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारमा समेत हुनुहुन्छ । सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहनुभएका पौडेल सन् २०२२ देखि म्यानेजमेन्ट एशाेसीएसन अफ भ्यालुजको समेत अध्यक्ष छन् । त्यसैगरी अध्यक्ष पौडेलले डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म युराेपियन इकनमी चेम्बर अफ कमर्सको कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैंकिङ इन्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए।

बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उहाँले हासिल गर्नुभएको बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइँ प्राप्त गर्नुका साथै आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुको न्यूनिकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *