Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

इप्पान डे २०८० : आर्थिक समृद्धिको यात्रामा जलविद्युत पहिलो प्राथमिकता

इप्पान डे २०८० : आर्थिक समृद्धिको यात्रामा जलविद्युत पहिलो प्राथमिकता

काठमाडाैं, ४ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि जलविद्युत् ठूलो आधार भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २४औँ वार्षिक उत्सव तथा इप्पान डे २०८० समारोहलाई सम्बोधन गर्दै उनले सोहीअनुसार आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युतलाई पहिलो प्राथमिकतामा राखेको  बताए । ऊर्जाबाटै तत्काल आर्थिक समृद्धि सम्भव हुने र सरकारले यसलाई मेरुदण्डको रूपमा लिएको उनको भनाइ छ।

यस्तै  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताए । पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको उनकाे भनाइ छ।

लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने भन्दै मन्त्री बस्नेतले लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको बताए ।

यस्तै कार्यक्रममा  स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धि ऊर्जा क्षेत्रको विकासले हुने भन्दै अबको १० वर्ष ऊर्जादशक घोषणा गर्न आग्रह गरे ।

यस्तै उनले नीतिगत रूपमा रहेका समस्यालाई तत्काल समाधान गर्नुपर्ने आवस्यकता औंल्याए ।उनले भने, ‘ अहिले हामी १४ मन्त्रालय धाउनुपर्ने बाध्यता छ । नीतिगत झन्झटले समस्या पारेको छ । प्रत्येक नेपालीले लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x