यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा पुगेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रूपैयाँ १७ पैसा रहेको छ ।
बेलायती मुद्रा पाउण्ड १ खरिद मूल्य बराबर १६८ रुपैयाँ ४२ पैसा कायम भएको छ र बिक्री मूल्य १६९ रुपैयाँ १८ पैसा कायम भएको छ ।
त्यसैगरी स्विस फ्रान्सको विक्रीदर १ बराबर १५४ रुपैयाँ शून्य ७ पैसा तोकिएको छ भने खरिददर १५३ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची