युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते

काठमाडौं, १४ माघ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा फागुन ६ गते बस्ने भएको छ । सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा फागुन ६ गते बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको हो ।
सभामा कम्पनीले शेयरधनीलाई १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद गरी जम्मा १० दशमलव ८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जनाको निर्वाचन समेत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।