अमेरिकासँगको व्यापार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड रुपैयाँ नाफामा
काठमाडौं, ३ फागुन । अमेरिकासँगको व्यापार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड रुपैयाँ नाफा भएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा १९ अर्ब ४२ करोडको वस्तु आयात भएकोमा १९ अर्ब ५७ करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६३ करोडको आयात हुँदा ८ अर्ब ३३ करोडको निर्यात भएको जनाएको छ ।
पछिल्लो ५ वर्षको सोही अवधि हेर्न हो भने २०७५/०७६ मा २ करोड घाटामा, २०७६ २०७७ मा १० करोड घाटामा २०७७/०७८ मा ५ करोड घाटामा २०७८/०७९ मा ३२ करोड घाटा बेहोरेको थियो भने २०७९/०८० मा १५ करोड व्यापार भएको थियो ।
विभागका अनुसार निर्यात हुने पहिलो नम्बरमा भने भारत नै पर्छ । तर भारतसँग व्यापार घाटा छ । ६ महिनामा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् यस अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।