Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

‘बैंक तथा वित्तिय क्षेत्रमा ब्याजदरकाे पारदर्शीयता र विश्वसनीयता आवश्यक छ’

‘बैंक तथा वित्तिय क्षेत्रमा ब्याजदरकाे पारदर्शीयता र विश्वसनीयता आवश्यक छ’

काठमाडाैं, १३ फागुन । लुघुवित्त क्षाेत्रका विज्ञ डा. भरतसिंह थापाले बैंक तथा वित्तिय क्षेत्रमा व्याजदरकाे पारदर्शीयता र विश्वसनीयता आवश्यक रहेकाे बताएका छन् । उनले बैंक तथा वित्तिय संस्थाहरूमा पछिल्लाे समय एकातिर व्यवसायिक गतिविधि खुम्चिदै गएकाे छ भने अर्काेतिर ग्राहकहरूकाे विश्वास गुम्दै गएकाे अवस्थामा बैंक तथा विश्व वितिय संस्था आफैमा सुध्रिन जरूरी रहेकाे बताएका हुन् ।

यस्तै नेपालमा नियम तोडेर काम गर्ने प्रवृति बढेकाे भन्दै थापाले बैंकको सञ्चालक तथा टप म्यानेजमेन्ट भएको व्यक्तिहरुको क्रियाकलापहरू अत्यधिक निगरानी गर्नुपर्ने आवस्यकता औँल्याए । उनले भने, ‘बैंक तथा वित्तिय संस्था केहि गिनेचुनेको व्यक्ताको समुहको कब्जामा छ. तिनीहरूको फाइदाको लागी करोडौको बचत डुबेकाे छ। त्यसले त्यस्ता व्यक्तिको क्रियाकलाप, गतिविधी रेखदेखी गुर्नुपर्छ, हप्ता हप्तामा रिपोटीङ गुर्नुपर्छ क्रियाकलाप, जस्तै सेयरमार्केटमा गरेको लगानी , घरजग्गामा गरेको कारोबर लगायत प्रसनल व्यवसायमा गरेको कारोबारहरू पारदर्शी रुपमा नियामक निकाय समक्ष राख्नु पर्ने हुन्छ ।’

यस्तै उनले बैंक तथा वित्तिय क्षेत्र सुधार्न नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायीहरुलाई छुट्याउने कदम चाल्नुपर्ने बताए। यस्ताे हुँदा संस्थाहरूमा पारदर्शीता बढाउन सकिने तथा ग्राहकहरूकाे विस्वास जित्न सकिने उनकाे भनाइ छ ।

डा. थापाले लघुवितमा आएको समस्यालाई दिगो रूपमा समाधान गर्न लघुवित्तको फम नै चेन्ज गर्नुपर्ने बताए । उनले भने ,’लघुवित्तहरू समाजीक बैंक हुनुपर्छ, समाजले त्यसलाई वन गर्नुपर्छ, स्थानिय सरकारले त्यो सँगै रिलेट गर्नुपर्छ र ग्राहकहरूले स्वामित्व लिनु पर्छ।’

यस्तै अहिलेको ऋण ग्रस्तताको समस्या समाधान गर्न राष्ट्र बैंकले लघुवित्त संस्थासँग हरके समस्या ग्रस्त ग्राहकलाई कसरी माथी ल्याउने र कसरी उत्थान गर्छाै भनेर त्यसको कार्ययोजना माग्नु पर्ने उनकाे भनाइ छ ।

सँगसँगै राष्ट्र बैंक र ग्राहक संरक्षण कोषको प्रयोग गरेर सरकार तथा राष्ट्र बैंकले केहि हदसम्म ब्याज छुट, अनुदान दिएर साच्चै ऋण ग्रस्त ग्राहकलाई माथि उकास्न सकिने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x