Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

लघुवित्तको संख्या ३० सम्म झार्ने राष्ट्र बैंककाे लक्ष्य, प्रोत्साहनबाट नभए फाेर्स मर्जरमा जाने (भिडियाे)

लघुवित्तको संख्या ३० सम्म झार्ने राष्ट्र बैंककाे लक्ष्य, प्रोत्साहनबाट नभए फाेर्स मर्जरमा जाने (भिडियाे)

काठमाडाैं, १५ फागुन । हाल नेपालकाे लघुवित्त क्षेत्र विभिन्न समस्याले गिजाेलिएकाे अवस्थाले नेपाल राष्ट्र बैंकले संख्या घटाउनमा प्राेत्साहन गरीरहेकाे छ । लघुवित्तकाे संख्या धेरै हुँदा यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएकाे भन्दै राष्ट्र बैंकले यसकाे संख्या ३०/३५ मा झार्नुपर्ने बताएकाे हाे ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक रेवति प्रसाद नेपालले स्वच्छीक मर्जरलाई नै बढी प्रोत्साहन गरेकाे बताएका छन् । लघुवित्तकाे संख्या कम हुँदा एकातिर संस्था सुदृढ हुने र अर्काे तिर यसमा आएको दोहोरोपना कम भएर जाने उनकाे भनाइ छ ।

नेपालले हाल लघुवित्तलाई प्रोत्साहन मुलक कार्यक्रमका माध्यमबाट मर्जरमा जान आकर्षित गरीरहेकाे बताए । यसबाट उपलब्धी हुन सकेन भने राष्ट्र बैंक फाेर्सफुल मर्जरमा जाने उनकाे भनाइ छ ।

उनले भने, ‘तर अहिले केहि ट्याक्सका इस्युहरू  किनभने (मर्जरमा आएका सव रेसीयोमा भएका डिफेन्समा पनि कर तिर्नु पर्ने)  लगायतका कारण धेरै लगानीकर्ताहरू अहिले मर्जरमा प्रोत्साहन भएको अवस्था छैन। यसलाई मिलाएर उद्याेगसँग छलफल गरेर जान सकिन्छ।’

राष्ट्र बैंकले सकेसम्म संस्था, लगानीकर्ता र बजारलाई अप्ठ्यारो  पारेर जानुभन्दा मिलेर विन विन सिच्वेसनको माध्यमबाट संख्या पनि घटाउने र बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा पनि कम गर्दै लैजाने जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x