Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सानिमा बैंकका ग्राहकले डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट पाउने

सानिमा बैंकका ग्राहकले डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट पाउने

काठमाडौं, २४ फागुन । सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्ने योजना ल्याएको हो ।

बैंकका अनुसार यस्तो छुटका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्ने हुन्छ । योजना फागुन २५, २०८० देखि लागू हुनेछ । छुट प्राप्त गर्नका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनु पर्नेछ । साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ ।

उक्त कार्डका लागि सानिमा बैंकको आधिकारिक वेबसाइटबाट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सकिने छ ।

यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *