काम अलपत्र पार्ने २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
काठमाडौं, १४ चैत । काम अलपत्र पार्ने २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ भने केही कम्पनी २ वर्ष र केही १ वर्षका लागि कालोसूचीमा परेका छन् ।