नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतमा सिमित रहने विश्व बैंकको प्रक्षेपण
काठमाडाैं, २० चैत । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेकाे छ । मंगलबार साउथ एसिया डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने बताएकाे हो।
यसअघि एसियाली विकास बैंकले ४.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गर्दै आएको छ।
गत वर्ष २०२३ मा आर्थिक वृद्धि २.२ प्रतिशत रहेको विश्व बैंकले जानकारी दिएको छ। अर्को वर्ष नेपालकाे आर्थिक वृद्धि ४.६ प्रतिशत हुने विश्व बैंकले जनाएकाे छ ।
सरकारले वर्ष २०२३/२४ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाे छ ।