Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभा सम्पन्न, रोजगारीमा वृद्धि र निर्यात प्रवद्धनमा सराेकारवालाकाे जाेड

चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभा सम्पन्न, रोजगारीमा वृद्धि र निर्यात प्रवद्धनमा सराेकारवालाकाे जाेड

काठमाडाैं, २७ चैत । चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । मंगलबार सम्पन्न सभामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।

सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने भन्दै उनले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवद्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाे बताए ।

यसको लागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा परराष्ट्रमन्त्री श्रेष्ठले जोड दिए ।

यस्तै उनले सरकारले उत्पादन, रोजगारीमा वृद्धि,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्धनमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । आर्थिक क्रियाकलापलाई गति दिनको लागि सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए।

बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक समस्या कायमै रहेकाले  यसपटक पनि व्यापार घाटा र बजेट घाटा उच्च हुने देखिएको बताए ।

यस्तै उनले उच्च लगानी र आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसकेको भन्दै तुलनात्मक लाभ भएका पर्यटन र कृषि आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए ।

पुँजीगत खर्च बढाउन समयतालिका बनाउनुपर्ने, नागरिकतासँगै प्यान कार्ड पनि वितरण गर्नुपर्ने, कृषिमा दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्ने, बजेट र मौद्रिक नीतिमा आवश्यक समन्वय हुनुपर्ने र४८ वर्ष पुरानो कालोबजारी ऐनलाई संशोधन गर्नुपर्ने उनकाे माग थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x