निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य
काठमाडौं, २८ चैत । नेपाली बजारमा सुनको मूल्यले लगातार चौथों दिन पनि रेकर्ड कायम गरेको छ । आइतबारबाट लगातार रेकर्ड मूल्य कायम गर्दै आएको सुनको मूल्यले बुधबार पनि रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।