Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

९ महिनामा आन्तरिक राजस्व विभागले उठायो ३ खर्ब ६७ अर्ब राजस्व

९ महिनामा आन्तरिक राजस्व विभागले उठायो ३ खर्ब ६७ अर्ब राजस्व

काठमाडाैं, ४ वैशाख । चैतसम्ममा आन्तरिक राजस्व विभागले साढे ३ खर्ब राजस्व संकलन गरेकाे छ । चालु आर्थिक वर्षकाे ९ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलनकाे लक्ष्य लिएकाे विभागले साे अवधिमा ३ खर्ब ६७ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गरेकाे हाे ।

यस अवधिमा विभागले गत वर्षकाे भन्दा ३० अर्ब रूपैयाँ बढी राजस्व संकलन गरेकाे हाे । गत आर्थिक वर्षको चैतसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियाे।

संकलित राजस्वमा आयकर १ खर्ब ७० अर्ब ७९ करोड, मूल्य अभिवृद्धिकर ८७ अर्ब २० करोड, अन्तस्शुल्क ७२ अर्ब ४१ करोड, ब्याज करतर्फ २८ अर्ब ३७ करोड, घरबहाल कर र स्वास्थ्य सेवा शुल्क १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x