सामान्य अंकले बढ्याे नेप्से परिसूचक, २ अर्ब १४ करोडकाे काराेबार
काठमाठाैं, २५ वैशाख । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २ दशमलव ०६ अंकले बढेर १९६० दशमलव ८१ को विन्दुमा पुगेको हाे ।
आज काराेबार भएकाे बजारमा ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १४ करोड ५० लाख २ हजार ६ सय २१ रुपैयाँकाे काराेबार भएकाे छ ।
मंगलबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।