Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार सञ्चालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार सञ्चालनमा

काठमाडाैं, ६ जेठ । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्साकाे विरूवागुठी र सुनसरीकाे गढि गाँउपालिकामा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।

नेपाल वेयरहाउजिङ्ग कंपनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कंपनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउस को साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् ।

कंपनीका महाप्रवन्धक समिर राज सत्याल भन्छन, मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ। अवको दुई महिना मकै र गँहु को कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्यालले बताए । यसका लागि उन्ले अहिले २४ सै घण्टा कंपनी सञ्चालनको व्यवस्था मिलाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x