Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बजेटपछि निरन्तर घट्यो नेप्से, सातामा ६१.९६ अंकले घट्याे बजार

बजेटपछि निरन्तर घट्यो नेप्से, सातामा ६१.९६ अंकले घट्याे बजार

काठमाडाैं, १९ जेठ । यस साता नेपाल स्टक एक्सचेन्ज नेप्से निरन्तर घट्दाे क्रममा रह्याे । यस साता नेप्से परिसूचक २.९१ प्रतिशत अर्थात ६१.९६ अंकले घटेकाे छ ।

गत साताको अन्तिम कारोबार दिन २ हजार १३१ दशमलव ४९ विन्दुमा बन्द भएको बजार याे साता २०६९ दशमलव ५३ बिन्दुमा झरेको छ।

यो साता चार कारोबार दिनमा नेप्से परिसुचक तीन कारोबार दिन घटेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट घोषणा गरेसँगै बुधबार नेप्से २३.८१ र बिहीबार १९.८९ अंकले घटेकाे हाे । यसअघि आइतबार २२.१४ अंक घटेको बजार सोमबार ३.९३ अंक बढेकाे थियाे ।

यो साता बजार घटे पनि कारोबार रकम भने बढेकाे छ। आइतबार ४ अर्ब ४४ करोड, सोमबार ३ अर्ब ८९ करोड, बुधबार ४ अर्ब ५७ करोड र बिहीबार ४ अर्ब २१ करोडको कारोबार भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x