Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

१८३ स्टार्टअप कम्पनीलाई सहुलियत कर्जा

१८३ स्टार्टअप कम्पनीलाई सहुलियत कर्जा

काठमाडाैं, २६ जेठ ।सरकारले चालु आर्थिक वर्षमा १८३ स्टार्टअप फर्म तथा कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले  शुक्रबार स्टार्टअप उद्यम कर्जा सिफारिसमा परेका परियोजनाहरूको विवरण सार्वजनिक गर्दै यस्ता जानकारी दिएकाे हाे ।

सिफारिस भएका फर्म तथा कम्पनीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको ठेगाना जेठ २९ गतेभित्र प्रकाशित गरिने प्रतिष्ठानले जनाएको छ । त्यसको ३० दिनभित्र सिफारिसमा परेका स्टार्टअपले तोकिएको शाखामा सम्पर्क गरी आवश्यक कागजात एवम् विवरण बुझाएर तोकिएको कर्जा पाउनेछन् ।

करिब साढे १६ सय कम्पनीले कर्जाका लागि आवेदन दिएकोमा प्रस्तुतीकरणबाट करिब साढे ३ सय कम्पनी छानिएका थिए । अन्तिम चरणको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अङ्कभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि १८३ कम्पनीलाई सिफारिस गरिएको हो ।

कम्पनीहरूलाई मूल्याङ्कनका आधारमा २५ लाखसम्मको कर्जा दिइने छ ।  तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न शुरु गरिसक्नु पर्नेछ भने पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्ने नियम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x