अर्थ मन्त्रालयमा तीन सहसचिवकाे सरुवा
काठमाडौं, ३ असार । अर्थ मन्त्रालयमा तीन सहसचिव सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ३२ सहसचिव सरुवा गरेको हो ।
जसअनुसार सहसचिवहरु सुशीला अर्याल अनिल कुमार दत्त र रामकुमार महतो अर्थ मन्त्रालय आएका हुन्।
यस्तै एक जना सहसचिव राजेश्वर ज्ञावाली भने बाहिरिएका छन् ।