Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

१५ प्रतिशतले घट्याे बेंक तथा वित्तिय क्षेत्रकाे नाफा

१५ प्रतिशतले घट्याे बेंक तथा वित्तिय क्षेत्रकाे नाफा

काठमाडाैं, ७ असार । चालू आर्थिक वर्षको वैशाखसम्ममा बैंक, वित्तीय संस्थाको नाफा १५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०८०/८१ को वैशाखसम्ममा बैंकहरूले ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।अघिल्लो आवको यसै अवधिको तुलनामा नाफा १५ दशमलव शून्य ३ प्रतिशतले कम हो ।

चालू वर्षको वैशाखसम्ममा सबैभन्दा बढी फाइनान्स कम्पनीको नाफा ६३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको १० महीनामा फाइनान्स कम्पनीहरूले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएकोमा यस वर्ष ४१ करोडमा सीमित भएको छ ।

यस्तै वाणिज्य बैंकहरूको नाफा १४ दशमलव ९६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्ममा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा गरेकोमा चालू आवको सोही अवधिमा ४८ अर्ब ६० करोड रुपैयाँमात्र नाफा गरेका छन् ।

गत आवको यसै अवधिमा बैंकहरूले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

विकास बैंकहरूको नाफा २०८० वैशाखसम्ममा ४ अर्ब २९ करोड रुपैयाँ रहेकोमा २०८१ वैशाखमा २ दशमलव ८५ प्रतिशतले घटेर ४ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले बताएको छ ।

मुलुककाे अर्थतन्त्र चलायमान बन्न नसक्दा एका तिर बैंकहरूकाे कर्जा लगानी घटेकाे छ भने अर्काेतिर खराब कर्जा बढेकाे छ । जसकाे प्रत्यक्ष असर बै.कहरूकाे नाफामा परेकाे हाे ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x