गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर
काठमाडाैं, ११ असार ।गरिमा क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल र महेश प्रसाद काफ्ले नियुक्त भएका छन् ।
कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले अनिल रेग्मी र गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी सञ्जु प्रसाद जैशवाललाई नियुक्त गरेकाे छ ।
यस्तै कम्पनिकाे अध्यक्षमा दिपक पाण्डेय नियुक्त भएका छन् ।
नवनियुक्त सञ्चालकहरु संजू प्रसाद जैसवाल र नैना नेपाल ढकाललाई संस्थामा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएकाे छ ।