कुनै व्यक्ति एक समयमा एउटा मात्रै सहकारी संस्थाको सञ्चालक हुन पाउने
काठमाडाैं, १८ असार । कुनै व्यक्ति एकै समयमा एउटा मात्रै सहकारी संस्थाको सञ्चालक हुन पाउने कानूनी व्यवस्था कडाईका साथ लागु हुने भएकाे छ ।
सहकारी विभागले सहकारी ऐन, २०७४ को दफा ९४१० को उपदफा ९५० मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था पूर्णरुपमा पालना गर्न सहकारी संस्थाहरुलाई परिपत्र गरेको हो।
यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र संचालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ। अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइने छ।