Date

बुध, कार्तिक २१, २०८१
Wed, November 6, 2024

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरु दवाबमा, सोच अनुरुप हुन सकेन कर्जा असुली

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरु दवाबमा, सोच अनुरुप हुन सकेन कर्जा असुली

काठमाडाैं, २४ असार। चालू आर्थिक वर्ष सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रिय हुन थालेका छन् । खराब कर्जाको अनुपात बढेर वार्षिक वित्तीय विवरण प्रभावित हुने भएपछि कर्जा उठाउन बैंक तथा वित्तीय संस्थाहरू सक्रिय बनेका हुन् ।

चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा बैंकहरुको औसत कुल खराब कर्जा ३.९८ प्रतिशतमा पुगेको छ भने औसत खुद निष्क्रिय कर्जा १.१४ प्रतिशत पुगेको छ । बैंकहरू कर्जा असुलीमा खटिरहँदा ऋणीहरूलाई सहज होस् भन्ने हेतुले विभिन्न छुट तथा सुविधाका योजना सार्वजनिक गरिरहेका छन् ।

घरजग्गा कारोबारसहित समग्र अर्थतन्त्रमा मन्दी छाएपछि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि परेको बैंकर्सहरूको गुनासो छ। पछिल्लो समय बैंकहरूको खुद नाफा, ब्याज आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ ।

बैंकहरूले प्रवाह गरेको कर्जा सोचेअनुरूप असुली हुन सकेको छैन । जेठदेखि घरजग्गाको कारोबारमा झिनो सुधार आउन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत पुगेको भएपनि अर्थतन्त्रमा रहेको दावाब कायमै हुँदा बैंकहरुको कर्जा प्रवाह र अशुली दुबै प्रभावित बनेको नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसीले बताए।

“समग्रमा हेर्ने हो भने चालु आर्थिक वर्ष बैंक तथा वित्तिय क्षेत्रका लागि चुनौतिपूर्ण रह्यो । अर्थतन्त्रका बाह्य सुचकहरु उत्साहजनक नै देखिए पनि आन्तरिक आर्थिक गतिविधि चलायमान बन्न नसक्दा बैंकिङ तथा वित्तिय क्षेत्रमा दबाबको अवस्था सिर्जना भएको छ, उनले भने ।”

साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले घटेको छ ।

औद्योगिक व्यापारिक क्षेत्र, घरजग्गा कारोबार, सेयर बजारमा देखिएको शिथिलताले समग्र बैंकिङ क्षेत्रको कर्जा प्रवाह र असुली दुबैमा समस्या आउँदा खराब कर्जा र थुप्रिँदो गैरबैंकिङ सम्पतीले बैंकहरुमा दबाब सिर्जना भएको अध्यक्ष केसीले बताए ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले ११.५ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखेकोमा बैंक तथा वित्तीय संस्थाहरूले ४.७ प्रतिशत मात्रै कर्जा प्रवाह गर्न सफल भएका छन्। राष्ट्र बैंकका अनुसार कर्जा प्रवाहका लागि हाल बैंकहरूसँग अहिले करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। तर कर्जाको माग बढ्न नसक्दा बैंकहरुले उल्लेख्य मात्रामा कर्जा प्रवाह गर्नसकेका छैनन्।

केन्द्रीय बैंकको नियामकीय नीति अनुसार निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न पाइने अवस्था छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x