Date

बुध, कार्तिक २१, २०८१
Wed, November 6, 2024

चालू आवको भुक्तानी हुने अन्तिम दिन आज, मध्यरातदेखि सबै सरकारी खाता रोक्का

चालू आवको भुक्तानी हुने अन्तिम दिन आज, मध्यरातदेखि सबै सरकारी खाता रोक्का

काठमाडाैं, २४ असार। आज साेमबारदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखानियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखानियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखानियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिन लागेकाे हाे ।

कार्यालयका अनुसार सोमबार रातिदेखि बजेट भुक्तानी हुँदैन। संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आजसम्ममा चालू आर्थिक वर्ष ०८०र८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x