Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ग्लोबल आईएमई बैंक र नास–आईटीबीच सम्झौता

ग्लोबल आईएमई बैंक र नास–आईटीबीच सम्झौता

काठमाडाैं, २४ असार। ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएशन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौता भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट कोषाध्यक्ष अभय पौडेलले सम्झौतामा हस्ताक्षर गरे ।

 यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोशेढुङ्गा सावित हुने अधिकृत पोखरेलकाे भनाइ छ ।

सम्झौताअन्तर्गत ग्लोबल आईएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूका लागि सहज तथा सुलभ रूपले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । साथै एकआपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरू आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरू अगाडि बढाइने छ ।

ग्लोबल आईएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x