साेमबार ४.६२ अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडाैं, २४ असार। साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गिरावट आएको छ । नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१ सय ३६ दशमलव ३५ विन्दुमा बन्द भएकाे छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेकाे छ । यस दिन ३२४ वटा धितोपत्रको एक करोड ४७ लाख ५ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ कराेड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएको छ। एक करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएको थियाे।
आइतबार ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन समाज लघुवित्तकाे सेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ।