Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

साेमबार ४.६२ अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट

साेमबार ४.६२ अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडाैं, २४ असार। साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गिरावट आएको छ ।  नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१ सय ३६ दशमलव ३५ विन्दुमा बन्द भएकाे छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेकाे छ । यस दिन ३२४ वटा धितोपत्रको एक करोड ४७ लाख ५ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ कराेड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएको छ। एक करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएको थियाे।

आइतबार ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन समाज लघुवित्तकाे सेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *