Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, विमानस्थल बन्द

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, विमानस्थल बन्द

काठमाडाैं, ९ साउन । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाकाे मृत्यु भएकाे छ । दुर्घटना स्थलबाट  १८ जनाकै शव निकालिएकाे नागरिक उड्यान प्राधिकरणाले जनाएकाे छ ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा बुधबार बिहान करिब ११ बजे सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटनाग्रस्त बनेकाे हाे ।

दुर्घटना स्थलबाट चालक दलका एक सदस्यकाे जिवितै उद्धार गरिएकाे छ । उनलाइ उपचारका लागि सिनामंगलस्थिर केएमसी अस्पताल लगिएकाे छ ।

यता दुर्घटना भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण प्रभावित बनेका छन् । विमानस्थलमा अवतरण हुनुपर्ने जहाजहरूलाई डाइभर्ट गरिएको छ भने उड्नुपर्ने विमानको तालिका स्थगित गरिएको छ । केहि समयका लागि बिमानस्थल नै बन्द गरीएकाे छ ।

काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x