Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

आगामी वर्षदेखि शेयर दलालको पनि वर्गीकरण

आगामी वर्षदेखि शेयर दलालको पनि वर्गीकरण

काठमाडौं, २६ असार । धितोपत्र बजारको नियामक नेपाल धितोत्रि बोर्डले आगामी वर्षदेखि शेयर दलालहरुको पनि वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले आगामी आर्थिक वर्षदेखि पुँजी आधार, नियामकीय निर्देशनहरुको परिपालना, व्यावसायिकता, प्रतिस्पर्धी सेवाका आधारमा धितोपत्र दलालहरुको वर्गीकरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार, दलालहरुको वर्गीकरण ‘क’, ‘ख’ र ‘ग’ गरी तीन श्रेणीमा वर्गीकरण गरिनेछ ।
त्यस्तैगरी धितोपत्र बोर्डले आगामी आर्थिक वर्षमा ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने भएको छ । धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । नीति तथा कार्यक्रमले बजार सुपरिवेक्षणलाई थप प्रभावकारी लैजाने उद्घोष गरेको छ । नगरपालिकाहरुलाई बचतपत्र जारी गर्न दिने सम्बन्धमा आगामी आर्थिक वर्षमा अध्ययन अघि बढाइनेछ । त्यस्तै, धितोपत्र बजारमा प्राथमिक सेयरमा स्वतन्त्र मूल्य प्रणाली अबलम्बन गर्ने सम्बन्धमा अध्ययन सम्पन्न गरिनेछ । अहिले प्राथमिक बजारमा १०० रुपैँया मूल्य अंकित सेयर मात्र जारी गर्ने प्रचलन छ । त्यस्तै, पँुजी बजार विकासका पूर्वाधार र सुधारका कार्यक्रमहरु घोषणा गरिएका छन् ।
यथार्थ क्षेत्र (रियल सेक्टर) का कम्पनीहरुलाई पुँजी बजारमा सूचीकृत गर्ने वातावरण मिलाउन बोर्डले अर्थमन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयसँग मिलेर काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षको बजेटले पनि पुँजी बजारमा समावेश हुन चाहाने ५० करोड रुपैँया चुक्ता पुँजी रहेका कम्पनीहरुलाई तीन वर्षका लागि आयकरमा छुटको व्यवस्था गरेको छ भने एक अर्ब रुपैँया चुक्ता पुँजी हुनेलाई अनिवार्य पुँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, प्रदेश ३ मा बाहेक सबै प्रदेशमा धितोपत्र बोर्डका प्रादेशिक कार्यालयहरु स्थापना गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्र कम्पनीहरुको मर्जर तथा खरिदको व्यवस्था, सम्पत्ति शुद्धीकरण सम्बन्धि क्रियाकलाप र आन्तरिक रुपमा कारोबार गर्ने विकृतिहरु नियन्त्रणका लागि विशेष नियम ल्याइने भएको छ । नीति तथा कार्यक्रममा धितोपत्र सम्बन्धि नयाँ ऐन तथा निजी क्षेत्रलाई नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि इजाजत पत्र दिने प्रक्रिया शुरु गर्ने समेत उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x