छोरी जन्मे वार्षिक १० हजारका दरले २० वर्षसम्म भत्ता !

बारा, २६ असार ।   बारा प्रसौनी गाउँपालिकाले बेटी बचाऔँ, बेटी पढाऔँ अभियान अन्तर्गत वार्षिक रु १० हजारका दरले २० बर्षसम्म  भत्ता दिने कार्यक्रम ल्याएको छ ।

आगामी साउनबाट लागु गर्ने गरी गाउसभाले गरेको निर्णय अनुशासार छोरि जन्मिएको ३५ दिन भित्र जन्म दर्ता गरी प्रमाणपत्र बुझाए नावलकको नाममा खाता खोलि गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको हो ।

तर विष बर्ष नपुगी विवाह गर्दिएमा भने उक्त रकम पाइने छैन । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन कार्यक्रमको उदेश्य रहेको बताइएको छ ।

यसै गरी सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्दै गर्भवतीका हकमा दुई पोका नुन र  रु एक हजारका दरले मासिक भत्तासमेत दिने समेत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए ।

लैगिङ्ग हिंसाको अन्यका साथै छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको गाउपालिका उपाध्यक्ष गीता साहले बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *