Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

मध्य र पश्चिममा भारी बर्षाको संभावना, सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाको आग्रह

मध्य र पश्चिममा भारी बर्षाको संभावना, सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाको आग्रह

काठमाडौ,२६ असार । जल तथा मौसम पुर्वानुमान महाशाखाले मध्य र पश्चिमका केही  ठाउँमा भारी बर्षाको संभावना रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

मनसुन सक्रिय भएकाले लगातार झरी लागेपनि हिजो अस्ति भन्दा मध्य र पश्चिम क्षेत्रका कतिपय भागमा भारी बर्षा हुने शाखाका मौसमविद् वरुण पौडेलले बताए।

भारी र अविरल बर्षाका कारण  दोलखा, सिन्धुपाल्चोक, रसूवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउँने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।

गएको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *