Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पहिरोका कारण मुग्लिन -नारायणगढ सडक खण्ड अवरुद्ध

पहिरोका कारण मुग्लिन -नारायणगढ सडक खण्ड अवरुद्ध

चितवन, २६ असार । पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सडक खण्डको विभिन्न ठाउँठाउँमा पहिरो खसेपछि विहानै बाट सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउने, टोपे खोला र जलवीरेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x