Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अक्टोबरसम्म जनकपुर र विराटनगरसम्म भारतीय रेल

अक्टोबरसम्म जनकपुर र विराटनगरसम्म भारतीय रेल

काठमाडौं, २५ असार । नेपाल–भारत अन्तरदेशीय रेल सेवा विस्तारका लागि गठित निर्देशक समितिको छैटौं बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । भारतीय विदेश मन्त्रालयका सहसचिव नाम्ग्या खाम्पा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले बैठकको नेतृत्व गरेका थिए ।
बैठकका क्रममा नेपाली पक्षले नेपाल–भारत रेलसेवा विस्तारका लागि भारतीय पक्षको सहयोगको उच्च प्रशंशा गरेका थिए । नेपाल–भारत अन्तरदेशीय रेल सेवा विस्तरले जनस्तरमा सम्पर्क विस्तार हुनुका साथै क्षेत्रीय आर्थिक वृद्धि र विकासमा सहयोग पुग्ने बताइएको छ । त्यस्तै, भारतीय पक्षले नेपाली पक्षले रेल सेवा सम्पर्क परियोजनाका लागि आवश्यक जग्गा चाँडै अधिग्रहरण गर्ने सम्बन्धमा देखाएको प्रतिवद्धताको प्रशंशा गरेको थियो । दुवै पक्ष सबै समस्या समाधान गर्दै आउँदो अक्टोबर महिनासम्म जयनगर–जनकपुर–कुर्थासम्म र जोगवनीदेखि विराटनगर भन्सारको यार्डसम्म रेलसेवा विस्तार गर्नेमा सहमत भएका छन् । त्यसैगरी बाँकी दुई स्ट्रेच कुर्था–विजलपुरा–बर्दीबाससम्म र विराटनगर भन्सार यार्डदेखि विराटनगर क्षेत्रमा विस्तार गरिनेछ ।
त्यसैगरी बैठकले अन्य रेल पूर्वाधार विस्तारका लागि भएका सर्वेक्षणहरु– नयाँ जलपाइगुरी देखि काँकडभिट्टा, नौतनवा–भैरहवा, रुपैडिया– नेपालगन्ज दोस्रो चरणमा कार्यान्वयनका लागि अघि बढाउने सम्बन्धमा छलफल गरेका छ । यसका अतिरिक्त, बैडकले काठमाडौं–रक्सौल रेलसेवाको प्रारम्भिक इञ्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण चाँडै सम्पन्न गर्न जोड दिएको छ । बैठकमा दुवै देशका अधिकारीहरुले नेपाल र भारतबीच अन्तरदेशीय पूर्वाधार विकास गरी मजबुत सम्पर्क सञ्जाल विस्तारमार्फत् आपसी आवतवापत, तथा वस्तु र सेवाको व्यापार तथा आर्थिक सहायता प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x