छिमेक लघुवित्तकाे नाफामा सामान्य गिरावट, कति छ वितरणयाेग्य नाफा ?
काठमाडौं, ३१ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५.७४ प्रतिशतले घटेको छ । संस्थाले सार्वजनिक भएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार गत आर्थिक वर्ष संस्थाको खुद नाफा १ अर्ब ९ लाख ४८ हजार रहेको छ ।
अघिल्लो वर्ष सोहि अधिमा सो नाफा रूपैयाँ १ अर्ब ६ करोड १९ लाख २६ हजार थियो ।
यस्तै कम्पनीकाे खुद ब्याज आम्दानी .१४ पतिशतले घटेर २ अर्ब ८२ करोड ९ लाख २६ हजारमा रहेको छ भने सञ्चालन नाफा ९.०९ प्रतिशतले घटेर १ अर्ब ४० करेड १७ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
खुद मुनाफा प्रभावित भए पनि कम्पनीसँग आफ्ना शेयरधनीका लागि बाँड्न मिल्ने नाफा झन्डै १ अर्ब ७२ करोड छ।
हाल कम्पनिकाे चुक्ता पुँजी रूपैयाँ २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रूपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसा कायम भएको छ ।